अमेरिका र यूरोप पठाउने भन्दै तीन करोड ८२ लाख ठगी, विस एचआर सोलुसनको इजाजत रद्द


प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार

वैदेशिक रोजगार विभागले अमेरिका, जापान, कतार र यूरोपका विभिन्न मुलुक (पोल्याण्ड, क्रोएसिया) मा पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरेको छ ।

विभागले म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

उनीहरुले सरिता भुजेल लगायतका ४३ जनालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रुपैयाँ ठगी गरेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

विभागले म्यानपावरका सञ्चालक विरुद्ध तीन करोड ८२ लाख २८ हजार ४ सय ९८ रुपैयाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत भराउने मागदावीसहित न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com