रुसी राष्ट्रपति पुटिनद्वारा वाग्नर समूहका पूर्वकमाण्डरलाई स्वयंसेवी लडाकुको जिम्मेवारी प्रदान
प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर सेनाका वरिष्ठ पूर्व कमाण्डरसँग भेट गरेका छन् ।
क्रेमलिनले आन्द्रेई तोर्सेभ अब रुसी रक्षा मन्त्रालयमा काम गर्ने बताएको छ। आन्द्रेई टोर्शेभ वाग्नरका दिवंगत प्रमुख येभगेनी प्रिगोजिनका पूर्व सहयोगी हुन्।
अगस्टमा विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको थियो। प्रिगोजिनले जुनमा रूसमा विद्रोहको असफल प्रयास गरेका थिए । त्यसको दुई महिनापछि विमान दुर्घटनामा उनको मृत्यु भयो ।
राष्ट्रपति पुटिनले तोर्सेभलाई युक्रेनमा स्वयंसेवक लडाकुहरूको एकाइको कामको निरीक्षण गर्न आग्रह गरेको क्रेमलिनले जनाएको छ ।
राष्ट्रपतिले युक्रेन युद्धको सन्दर्भमा तोर्सेभलाई भने- उहाँले (स्वयम्सेवक एकाइहरू, जसले धेरै युद्ध-सम्बन्धित कार्यहरू गर्दछ) को निरीक्षण गर्नेछन् ।
पुटिनले भने, ‘युद्धको काम सफलतापूर्वक सम्पन्न गर्नका लागि पहिले नै समाधान गर्नुपर्ने मुद्दाहरूबारे तपाईलाई थाहा छ।’