कोभिड भ्याक्सिन प्रविधि आविष्कार गर्ने दुई अमेरिकी वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने वैज्ञानिकको जोडीलाई दिने घोषणा गरिएको छ ।
यी दुई अमेरिकी वैज्ञानिकहरू डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान रहेका छन् ।
यो प्रविधि कोभिड महामारी अघि प्रयोग गरिएको थियो तर पछि यो विश्वभरि लाखौंलाई दिइएको हो । यस एमआरएनए प्रविधिमा क्यान्सरलगायत अन्य रोगका बारेमा थप अनुसन्धान भइरहेको छ ।
एमआरएनए अर्थात् मेसेन्जर रिबोन्यूक्लिक एसिडले शरीरलाई प्रोटिन कसरी बनाउने भनेर जानकारी समेत गराउँछ ।