विमानस्थल भन्सारको आग्रह -‘अन्जान व्यक्तिलाई सामान पाउने आशमा रकम भुक्तानी नगरौं’


प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गलत सूचनाको प्रलोभनमा परी अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न व्यक्तिहरुले फोन तथा सामाजिक सञ्जालको माध्यमबाट “विदेशबाट तपाईको नाममा सामान आएको र सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छ। उक्त सामान छुट्याउन पैसा लाग्छ, पैसा तुरुन्त पठाउनुहोस्” भन्ने गरेको भनी कार्यालयमा सोधपुछ गर्न आउनेको संख्या बढ्दै गएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले यस्तो गलत सूचनाको प्रलोभनमा नर्पन भन्सार कार्यालयले आग्रह गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com