एयर इन्डियाद्वारा इजरायलको तेल अवीवका लागि अक्टोबर १४ सम्म आफ्ना सबै उडान रद्द
प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार
एयरलाइन्स कम्पनी एयर इन्डियाले इजरायलको शहर तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि आफ्ना सबै उडान रद्द गर्ने निर्णय गरेको छ ।
इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वलाई ध्यानमा राख्दै कम्पनीले यो निर्णय गरेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार, एयरलाइन्सका प्रवक्ताले भने- ‘यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै, तेल अवीभका लागि हाम्रा सबै उडानहरू अक्टोबर १४ सम्म रद्द हुनेछन्। यस अवधिमा बुकिङ गरिसकेका यात्रुहरूलाई कम्पनीले सम्भावित सबै सहयोग उपलब्ध गराउनेछ।’
इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षका ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।