अस्ट्रेलिया भर्सेस भारत : भारतका तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन्
प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार
विश्वकपको पहिलो खेलमा भारतीय टोलीको शीर्ष क्रमले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेन ।
अष्ट्रेलियाले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा भारतका तीन ब्याट्सम्यान खाता खोल्नै नदिई प्याभिलियन फर्किएका थिए ।
बिरामी शुभमन गिलको स्थानमा आएका ओपनर इशान किशनलाई मिचेल स्टार्कले पहिलो ओभरमै आउट गरेका थिए । अर्को ओभरमा जोस हेजलवुडले पहिले कप्तान रोहित शर्मा र त्यसपछि श्रेयस अय्यरलाई आउट गरे। यी तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन् ।
क्रिकइन्फो वेबसाइटका अनुसार भारतका पहिलो चार ब्याट्सम्यानमध्ये तीन एकदिवसीय क्रिकेटमा खाता नखोली नै आउट भएको यो पहिलो पटक हो । तीन विकेट पर्दा भारतको स्कोर मात्र दुई रन थियो ।
यसअघि भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई १९९ रनमा अलआउट गरेको थियो । भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिए ।