बेपत्ता तीन मध्ये अस्ट्रिया र इजरायलको दोहोरो नागरिकता लिएका एक जनाको मृत्यु
प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार
हमासले शनिबार इजरायलमा गरेको आक्रमणपछि अस्ट्रिया र इजरायलको दोहोरो नागरिकता भएका तीन जना बेपत्ता भएका छन् । अस्ट्रियाले ती मध्ये एक जनाको मृत्यु भएको जानकारी दिएको छ ।
अस्ट्रियाले नै पहिलो पटक उनको बेपत्ता भएको जानकारी दिएको थियो । अस्ट्रियाको विदेश मन्त्रालयले बेपत्ता नागरिक मध्ये एकको मृत्यु भएको सम्बन्धमा विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अस्ट्रिया र इजरायलको दोहोरो नागरिकता भएका तीन जना बेपत्ता व्यक्तिमध्ये एकजना मृत फेला परेको घोषणा गर्न पाउँदा हामीलाई दुःख लागेको छ ।’
विज्ञप्तिमा मृतकको नाम वा उनको बारेमा कुनै जानकारी दिइएको छैन । दुई जना अझै बेपत्ता छन् ।