इजरायलमा हमास गरेको आक्रमणमा कुन देशका कति नागरिक मारिए ?
प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार
गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी एएफपीले यस हमलामा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ ।
कुन देशका कति नागरिक मारिए ?
आक्रमणमा अमेरिकाका २७, थाइल्याण्डका २४, फ्रान्सका १५ जना, नेपालका १० जनाको मृत्यु भएको छ ।
यस्तै, अर्जेन्टिना र युक्रेनका ७/७ जना, रूस, बेलायत र चिलीका ४/४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, अस्ट्रिया, बेलारुस, फिलिपिन्स र ब्राजिलका ३ ३ जना, पेरु र रोमानियाका २ २ जना, अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वेका एक एक जना मारिएका छन् ।
जर्मनी र मेक्सिको धेरै मानिसहरूलाई बन्धक बनाइएको छ भने इटाली, पाराग्वे, श्रीलंका, तान्जानियाका धेरै जना बेपत्ता छन् ।