आइसीसी यू-१९ विश्वकप : सेमिफाइनलको दौडबाट बाहिरियो नेपाल, सुपर सिक्स खेलेर फर्कने


प्रकाशित मिति : माघ १६, २०८० मंगलबार

दक्षिण अफ्रिकामा आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता जारी छ । अफगानिस्तानविरुद्ध जीत हासिल गरेर सुपर सिक्स चरण पुगेपनि नेपालले सुपर सिक्सकै पहिलो चरणको खेल खेल्नु अगाडी नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ ।

जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले खेल जितेपछि नेपाल सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको हो । नेपाल सुपर सिक्समा २ खेल खेल्ने तालिका छ । नेपालले दुवै खेल जितेपनि ४ अंक मात्रै पुग्छ । तर, भारत र पाकिस्तानको ६-६ अंक छ ।

आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । नेपालले समूह चरणमा अफगानिस्तानविरुद्ध हासिल गरेको जित सुपर सिक्समा गणना भएन । यसकारण नेपाल अंकबिहीन भयो । अंक नपुग्ने पक्का भएपछि नेपालले सुपर सिक्समै चित्त बुझाउनुपर्नेछ । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि समूह ए को सुपर सिक्सबाट बाहिरिदैँछन् ।

भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले हरायो भने पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो । नेपाल बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्दैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com