आईसीसी यू १९ विश्वकप : भारतसंग नेपालको फराकिलो हार


प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार

भारत संग फराकिलो हार संगै आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले आफनो यात्रा टुङगाएको छ । सुपर सिक्सको शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारत संग १३२ रनको फराकिलो अन्तरले पराजित भयो । यो पराजय भारतसंगको लगातार तेश्रो पटकको हो ।

यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै सन् २०१६ मा भएको दोस्रो भेटमा नेपाल ७ विकेटले पराजित भएको थियो।
नेपालमाथिको जितसँगै भारतिय युवा टोली भने समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। नेपालको भने सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल सम्भावना समाप्त भइसकेको थियो । नेपालले समूह चरणको पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार भोगेको थियो।

भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो। कप्तान देव खनालले नेपालका लागि ३३ रन बनाए । भारतको घातक बलिङसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। नेपाललाई कम स्कोरमा रोक्न सोमी पाण्डेले चार विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com