जापानमा लामो कपाल भएका युवा पनि सेनामा भर्ती हुन पाउने


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

जापानमा अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ । थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ ।

चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ ।

उत्तर कोरियाले पनि आफ्नो मिसाइल र परमाणु कार्यक्रम आक्रामक रुपमा बढाइरहेको छ । पछिल्लो समय चीनले सैन्य क्षमतामा व्यापक वृद्धि गरिरहेको छ ।
महिलाहरुले पनि लामो कपाल राख्न पाउनेछन् । तर पोशाक लगाएको बेलामा कपाल बाँध्दा कुमभन्दा तल खस्ने हुनु हुन्न् । अनि हेलमेट लगाउँदा पनि समस्या आउन नहुने बताइएको छ । नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र पछाडी छोटो कपाल राख्न पाउनेछन् ।

जन्मदर कीर्तिमानी न्यून स्तरमा रहेको अनि जनसंख्या घटिरहेको स्थितिमा जापानको सेना पछिल्लो समय क्षमताभन्दा १० प्रतिशतभन्दा कममा चलिरहेको छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com