चिनले अमेरिकालाई उधारोमा पाण्डा दिएर सम्वन्ध सुधार्ने बाताबरण वनाउदै


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले अमेरिकाका लागि नयाँ पान्डाहरू पठाउने सङ्केत गर्नुभएको छ । चीन र अमेरिकाबिच मित्रताको दूतको रूपमा पान्डाहरू पठाइने राष्ट्रपति सीको भनाई थियो । पान्डा संरक्षणको मामिलामा अमेरिकासँग सहकार्य जारी राख्न चीन तयार रहेको उनले बताएका थिए ।

दुई दशकपछि पहिलोपटक चीनले क्यालिफोर्नियास्थित सान डियगो शहरको एक चिडियाखानाका लागि ती दुई पान्डा पठाउन लागेको हो । पान्डाहरू कहिले आइपुग्छन् भन्ने आधिकारिक समय भने निश्चित भैसकेको बताइएको छ । पान्डा कूटनीति’ अन्तर्गत चीनले २० भन्दा धेरै देशहरूलाई उधारोमा पान्डाहरू दिने गरेको छ ।

तर निकट भविष्यमै पान्डा पाइने आशामा आफूहरू रहेको सान डिएगो वाइल्डलाइफ एलायन्सले भनेको छ । सिले जर्मनी, नेदरल्यान्ड, डेनमार्क र फिनल्यान्ड जस्ता युरोपेली देशहरूलाई पान्डा पठाउने योजनालाई अनुमोदन गरेका थिए ।

सोही क्रममा सन् २०२२ मा पहिलोपटक मध्यपूर्वस्थित कतारमा एक जोडी पान्डा पठाइएको थियो । पान्डालाई संकटापन्ना जीवको सूचीमा राखिएको छ । विश्वभर अहिले २ हजारभन्दा कम पान्डा छन् । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com