भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै
प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार
भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो ।
भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण भएको छ । अर्थतन्त्रमा अपेक्षा गरेभन्दा राम्रो हुनुमा उत्पादन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको खबरमा उल्लेख छ । भारतमा निजी उपभोगले देशको कुल गार्हस्थ्य उत्पादन जीडीपीको दुई तिहाइ हिस्सा ओगटेको छ ।
यस अवधिमा यो दर तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले सन् २०२४ मा भारतको अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
भारतमा आमचुनाव हुन लागेको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो तथ्याङ्कले देशको अर्थव्यवस्थाको शक्ति र क्षमतालाई देखाएको सामाजिक सञ्जालमार्फत एक्समा लेख्नुभएको छ । एजेन्सीहरु