राष्ट्रिय योजना आयोगले सरकारलाई भन्यो : बजेटमा बिदेश भ्रमण गर्ने खर्च प्रस्ताव नगर


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । राष्ट्रिय आयोजना बैङ्कमा समावेश नभएका आयोजनाका लागि बजेट विनियोजन गर्न नपाइने व्यवस्था पनि आयोगले गरेको छ ।

बजेटमा विदेश भ्रमण निरुत्साहन गर्ने योजना बनाउन , भवन निर्माण, गाडी खरिद र सरकारलाई निर्देशन गरेको बताइएको छ । आयोगले अत्यावश्यक अवस्थामा बाहेक नयाँ भवन निर्माण र गाडी खरिदका लागि रकम प्रस्ताव नगर्न निर्देशन गरेको हो ।

आयोगले देशको प्रतिनिधित्व गरेर अनिवार्य रूपमा सहभागिता हुनुपर्ने वैदेशिक कार्यक्रम बाहेक अवलोकन, अध्ययन वा भ्रमणको नाममा वैदेशिक भ्रमणका लागि रकम प्रस्ताव नगर्न समेत भनेको छ ।

आयोगले सरकारलाई दिएको निर्देशनमा प्राप्त स्रोत तथा सार्वजनिक ऋणको समुचित प्रयोग गर्दै बजेट खर्च प्रभावकारी र मितव्ययी बनाउन भनिएको छ ।
यस्तै आयोगले सङ्घीय सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना कार्यान्वयन गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com