विश्वकप छनोटमा खराव प्रदर्शनपछि नेपाली फुटवलको बरीयता खस्कियो


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपालको स्थान खस्किएको छ । नयाँ बरीयतामा नेपाल तीन स्थान तल झरेको सार्बजनिक भएको हो ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७८ औँ स्थानमा छ ।

नेपाल गएको फ्रेबुअरीमा १ सय ७५ औँ स्थानमा थियो । वरियतामा विश्वकप विजेता अर्जेन्टिना शीर्ष र उपविजेता फ्रान्स दोस्रो स्थानमा यथावत् छ । वरीयताको तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा इङ्ग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् ।

पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, इटाली र क्रोएसिया शीर्ष १० मा छन् । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब प्रदर्शन गरेपछि नेपालको वरीयता खस्किएको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरणमा समूह एच मा रहेको नेपालले बहराइनसँग दुई वटा खेल खेलेको थियो । बहराइनमै भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com