लण्डनमा नेपाली मेला
प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार
नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ। (सबै तस्वीरहरु: एभरेस्ट गौतम )
-
लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमुधी युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं नेपालीहरु सहभागी भएका थिए ।
-
मेलाका धेरैजसो सहभागीहरु आआफ्ना मौलिक भेषभुषा तथा ग्रामीण परिवेश झल्काउने पहिरनमा सजीएका थिए ।
-
ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतले मेलाको सामूहिक उद्घाटन गरेका थिए ।
-
खासगरी पश्चिम नेपालको कृषिमा आधारित जीवनशैली र संस्कृति झल्काउने गरी झाँकी प्रदर्शन गर्ने लमजुङ समाज युकेले झाँकी तर्फ पहिलो स्थान प्राप्त गरेको थियो ।
-
ब्रिटेनसंग नेपालको संबन्ध कायम भएको दुईसय वर्ष पुरा हुदै गर्दा ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरु पनि आफ्नै पोशाकमा मेलामा सहभागी भएका थिए ।
-
मेलामा ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा. म्याथु अफोर्ड (दायाँबाट दोश्रो) लगायत ब्रिटिश सांसदहरु, काउन्सिलरहरु तथा अन्य ब्रिटिश पाहुनाहरु पनि सहभागी भएका थिए ।
-
ब्रिटेनमा प्रवासी नेपालीहरुको संख्या एकलाख नाघेको अनुमान गरिँदै गर्दा संघसंस्थाहरुको संख्या पनि बढीरहेको छ र तिनले युवायुवतीहरुलाई नेपाली नृत्य तथा संगीत अभ्यास गर्न प्रेरित पनि गर्ने गरेका छन् ।
-
EVEREST GAUTAM
पश्चिम नेपालको स्याङ्जा जिल्लाका साविक चारवटा गाउँ विकास समितिहरुबाट आएर अहिले ब्रिटेनमा बसोबास गर्ने नेपालीहरुले स्थानीय गुरुङ समुदायको जनजीवन तथा संस्कृति झल्किने प्रस्तुति गरेका थिए ।
-
पासा पुच: गुठी युकेले नेपालको समृद्ध नेवारी कला संस्कृतिको झलक देखाउदा कतिपय सहभागीहरुले आफुहरु नेपालमै भए जस्तो अनुभूत गरेको पनि बीबीसीलाई बताए
-
नेपालको चर्चित नौमती बाजा तथा पन्चे बाजा बजाएर ब्रिटेनमा नाम कमाएको नौमती बाजा समूह पनि सहभागी नेपाली मेलाले नेपाली पहिचान जोगाउन मदत पुग्ने आयोजकहरुको भनाइ छ ।
Source : BBC Nepali