युट्युबबाटै मासिक ५० लाख भारु कमाई , कसरी संभव भयो यति धेरै धन कमाउन
प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार
भारतीय युट्यूबर र बिग बस ओटीटी २ विजेता एल्भिस यादवले मासिक ५० लाख भारतीय रुयैया कमाउने गरेका छन ।
एल्भिशले आफ्नो मासिक कमाई ५० लाख भारु रहेको बताएका छन् । ‘म भिडियो बनाएर युट्युबमा हाल्छु अनि कतै प्रोग्राम भइरहेको रहेछ भने त्यहाँ पनि जान्छु र भिडियो बनाएर हाल्छु’ उनले भनेका छन् ।
युट्युबबाटै आफूले महिनाकै ३६ देखि ४० लाख भारु कमाउने गरेको खुलाए । यसबाहेक उनले ‘सिस्टम’ ज्वाइन गरेको र यसबाट पनि ८–१० लाख भारु हुने उनको भनाई छ ।
मार्चमा नोएडा प्रहरीले यादवलाई ड्रग पार्टीमा साँपको विष आपूर्ति गरेको मामिलामा पक्राउ गरेको थियो । सो पार्टी एल्भिसले राखेको बताइन्छ । पक्राउ परेको पाँच दिनपछि एक अदालतले यादवलाई जमानत दिएको थियो ।
गएको महिना प्रहरीले यस मामिलामा एल्भिस र अन्य ८ जनाविरुद्ध १ हजार २०० पन्नाको अभियोग पत्र दायर गरेको थियो । अहिले उनले सम्पति शुद्धिकरणको मुद्धा खेपिरहेका छन् ।
आफूले सुटको लागि मात्रै साँप मगाएको र यस क्रममा अलग अलग प्रजातिका साँपको साथमा भिडियो सुट गरेको उनको दाबी छ ।
उनले आफूमाथि लागेको अरू सबै आरोप अस्वीकार गरेका छन् । साँप र छेपारोको प्रयोग नशाका लागि नभएर सुटका लागि मात्रै गरिएको दाबी उनले गरेका थिए । यस्तो गर्नु गलत हो भन्ने थाहा हुँदाहुँदै पनि आफूले त्यस्तो गरेको पनि उनले त्यहाँका प्रहरी अधिकारी समक्ष बताएका छन ।
प्रवर्तन निर्देशनालय ईडी को लखनउ जोनल अफिसले छिट्टै उनीसँग सोधपुछको तयारी गरिरहेको छ । २ नोभेम्बरमा नोयडामा दर्ता भएको मामिलालाई आधार बनाएर सम्पत्ति शुद्धीकरणको मुद्दा हालिएको हो ।
ईडीले यादवसँग भएका महँगा कारहरूमाथि छानबिन गर्न सक्ने बताइएको छ । मार्च १७ मा नोयडा प्रहरीले यादवलाई कोबरा काण्डमा पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई १४ दिन न्यायिक हिरासतमा पठाइएको थियो ।
अहिले उनी जमानतमा रिहा भएका छन् । तर ईडीले उनीमाथि फेरि अङ्कुश लगाउने तयारी गरिरहेको छ । एजेन्सीहरु