साउदी अरबबाट ६ इरानी पत्रकार निष्कासित , के थिए कारण ?


प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार

साउदी अरबले एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका ६ इरानी पत्रकारलाई निष्कासन गरेको छ । इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको बताएको छ ।

अधिकांश शिया–बहुमत इरानको लामो समयदेखीको क्षेत्रीय प्रतिद्वन्द्वी सुन्नी–बहुमत साउदी अरबले कथित पक्राउ र निष्कासनबारे सार्वजनिकरूपमा कुनै टिप्पणी गरेको छैन ।

“हामीलाई अझै पनि यो मामिलाको सटीक कारण थाहा छैन”, राज्य टेलिभिजन प्रमुख पेमन जेबेलीले तेहरानको इमाम खुमेनी विमानस्थलबाट प्रसारकलाई भन्नुभयो । विमानस्थलमा उहाँले इरान फर्केका पत्रकारहरूसँग भेट्नुभएको थियो । टेलिभिजन च्यानलका अनुसार पत्रकारहरू वार्षिक हज यात्राको समाचार बनाउन साउदी अरबमा थिए ।

हज यात्रा यस वर्षको जुनको मध्यमा आयोजना गरिने छ । दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध तोडिएपछि साउदी अरबले वर्षभरि हुने सानो तीर्थयात्रा उमरामा सहभागी हुन इरानीहरूमाथि करिब एक दशक लामो प्रतिबन्ध लगाएको थियो ।

शिया धर्मगुरु निम्र अल–निम्रलाई रियादले मृत्युदण्ड दिएपछि इरानमा रहेको साउदी कूटनीतिक नियोगमा आक्रमण भएपछि दुवै क्षेत्रीय शक्तिले सन् २०१६ मा तोडेका थिए ।

रियादले कोभिड महामारीको बेला हजका लागि विदेशीहरूलाई मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

तेहरान र रियादले सम्बन्धलाई पुनःस्थापना गर्न र आफ्ना सम्बन्धित दूतावास पुनः खोल्नका लागि चिनियाँ मध्यस्थताको सम्झौतामा सहमति जनाएपछि इरानका तीर्थयात्रीहरूलाई गत वर्ष हजमा सहभागी हुन अनुमति दिइएको थियो ।

हजको विपरीत मुसलमानहरू वर्षको कुनै पनि समयमा मक्कामा उमरा तीर्थयात्रा गर्न सक्छन् । उमरा इस्लामको पाँच स्तम्भमध्येको एक हो । यो चन्द्र पात्रोअनुसार निश्चित तिथिहरूमा हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com