ओबामा भन्दा भ्लादिमिर पुटिन सफल !


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

अमेरिकी राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोलान्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन बढी सफल रहेको बताएका छन् ।एनबिसी टेलिभिजनका होस्ट म्याट लाउरसंगको कुराकानीमा ट्रम्पले रसियन राष्ट्रपति पुटिन ओबामा भन्दा कुसल नेता बन्न सकेको भनि तारिफ गरेका हुन् ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले पुटिनले आफ्नो देशमा प्रभाव र नियन्त्रण जमाइराख्न सफल भएकाले पनि उनी सफल साबित भएको भनि प्रष्ट्याएका छन् । यही नोभेम्बरमा हुने अमेरिकी चुनावमा आफु नियुक्त भएमा पुटिनसंगै जाने पनि बताए ।

यसअघि पनि ट्रम्पले रसियन राष्ट्रपति पुटिनको प्रशंसा गरेका थिए र गत डिसेम्बरमा पुटिनले पनि ट्रम्पलाई प्रतिभावान व्यक्ति भनेर प्रशंसा गरेका थिए ।

यसका साथै ट्रम्पले हिलारी क्लिन्टनले विदेशमन्त्री छंदा डिलिट गरेका मेल रिकभर गरि सार्वजनिक गर्न रसियालाई पुनः आग्रह गरेपछि विवादमा आएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com