शान्ति शिखर सम्मेलनले युद्ध अन्त्यमा सहयोग गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विश्वास


प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गर्नु भएको छ ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताउनुभएको हो ।

पहिलेदेखि भइआएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा हुने यस्तो सहयोग निष्पक्ष शान्तिका लागि अझ धेरै आवाश्यक रहेको उहाँले बताउनुभयो ।

दोस्रो विश्वयुद्धको ‘डी डे’ अवतरणको ८० वर्षपछि युरोप दुर्भाग्यवश शान्तिको महाद्वीप नभएको उहाँले बताउनुभयो । उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्रिएको ऐतिहासिक दिनलाई ‘डी डे’ भनिन्छ ।

युरोपको सुरक्षाको कुञ्जी युक्रेनमा भएको बताउँदै उहाँले वर्तमान नियन्त्रण रेखामा शान्ति स्थापना हुन नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

एसिया र अफ्रिकामा निरन्तर नयाँ क्षेत्र खोजिरहेको रूस औपनिवेशिक साम्राज्य नभई युक्रेनमाथि नियन्त्रण बिना एउटा सामान्य राष्ट हुनुपर्ने उहाँको धारणा थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com