पाकिस्तानले किन पोलियो रोगको तथ्यांक लुकाउने गरेको छ ? कारण यस्ता छन


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

पाकिस्तानमा पोलियो खोप लगाउने स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा कमी आउन नसकेको बताइएको छ । यसै वर्ष मात्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीमाथि भएका आक्रमणमा परी ११ जना प्रहरीको मृत्यु भएको छ ।

यसै कारण पनि अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन र विदेशी दाताहरूको भारी सहयोगका बाबजुद पोलियो उन्मुलन गर्न पाकिस्तानी स्वास्थ्य अधिकारीहरूलाई चुनौती देखिएको छ ।

राज्यका राजनीतिक एवम् सैन्य संस्थापनको असहयोगका कारण शीर्ष स्वास्थ्य अधिकारीहरू राजीनामा दिने मनस्थितिमा पुगेको खामा प्रेसले उल्लेख गरेको छ ।
यस कारण पनि पोलियोविरुद्धको अभियान प्रभावकारी बन्न नसकेको बताइएको छ ।

यसै वर्ष मात्र पाकिस्तानमा ४ जनामा पोलियो रोग देखा परेको छ । त्यसबाहेक पाकिस्तान सरकारले मुलुकमा देखिएका पोलियो रोगको तथ्यांक पनि लुकाउने गरेको बताइन्छ ।

अन्तर्राष्ट्रिय बेइज्जती नहोस् भन्नाका लागि पाकिस्तान सरकारले यथार्थ विवरण लुकाउने गरेको कतिपयको आरोप छ । अपारदर्शीताले विश्व स्वास्थ्य सुरक्षामा नै गम्भीर चुनौती थपिएको छ ।

पाकिस्तानभित्रै पनि ५ वर्ष मुनिका बालबालिका दीर्घकालीन अपाङ्गताको सबैभन्दा गम्भीर जोखिममा रहेको देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com