युक्रेनको मुद्दामा स्वीट्जरल्याण्डमा ‘शान्ति सम्मेलन’, रुसलाई निमन्त्रणा गरिएन्


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

स्वीट्जरल्याण्ड सरकारले युक्रेनको मुद्दामा ‘शान्ति सम्मेलन’ गर्न हालसम्म ९० देश सहमत भएको जनाएको छ । यो ‘शान्ति सम्मेलन’ लेक लुक्रिनमा भएको जी–७ देशका राष्ट्रप्रमुखको बैठकपछि लग्जरी रिसोर्टमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

स्विट्जरल्याण्डका विदेशमन्त्रीले यस शान्ति सम्मेलनको प्राथमिकतामा युद्धबन्दी आदानप्रदान, खाद्य सुरक्षा र आणविक सुरक्षा जस्ता विषयमा छलफल हुने बताएका छन् ।

यस ‘शान्ति सम्मेलन’मा रुसलाई निमन्त्रणा नगरिएको र यस सम्मेलनमा चीन पनि सहभागी नहुने विश्वास गरिएको छ ।

यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि स्वीस सेनाले चार हजार सैनिक परिचालन गर्ने भएको छ । स्विट्जरल्याण्ड सरकारले साइबर हमलाको निशाना बनिरहेको बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com