युद्धग्रस्त सुडानमा १ करोड ८० लाख मानिस भोकमरीको चपेटामा , ३६ लाख बालबालिका कुपोषित


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

युद्धग्रस्त सुडानमा १ करोडभन्दा बढी मानिस विस्थापित भएका छन । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०२३ को अप्रिलमा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज’ बीच युद्ध सुरु भएयता ७२ लाख ६० हजार मानिस आफ्नो घर छोडेर भागेका उल्लेख गरिएको छ ।

सुडानमा युद्ध कम हुने कुनै सङ्केत देखिएको छैन र अनिकालको त्रासले देशलाई सताइरहेको छ । यसै तथ्यलाई लिएर संयुक्त राष्ट्रसङ्घले सुडान विश्वकै सबैभन्दा खराब विस्थापन सङ्कटबाट गुज्रिरहेको को सामना गरिरहेको बारम्बार बताउाँदै आएको छ ।

देशको ४ करोड ८० लाख जनसङ्ख्यामध्ये एक चौथाइभन्दा बढीमानिस अहिले आफ्नो घर छोड्न बाध्य भएका छन् । २० लाखभन्दा बढीले अन्तर्राष्ट्रिय सीमा पार गरेका छन् ।

करिब ३७ लाख मानिस अर्थात् विस्थापितमध्ये एक तिहाइभन्दा बढी मानिस तहसनहस भएको सुडानको राजधानी खार्तूमबाट मात्र भागेका छन् ।

सुडानमा एक वर्षभन्दा केही बढीको अवधिमा युद्धले दशौं हजार मानिसहरूको ज्यान लिइसकेको छ । पश्चिम डार्फरको एउटा शहरमा मात्रै १५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोका अनुसार मृत्यु हुनेको सङ्ख्या अझै स्पष्ट छैन र एक लाख ५० हजारसम्मको अनुमान गरिएको छ ।

मानवीय सङ्कट झनै चर्किँदै जाँदा लाखौँको मृत्यु हुन सक्ने सहायता समूह र विज्ञहरूले चेतावनी दिएका आइओएमले भनेको छ । सुडानमा विस्थापित भएकामध्ये ७० प्रतिशत अनिकालको जोखिममा रहेर बाँच्न बाध्य छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा १ करोड ८० लाख मानिस भोकमरीको चपेटामा छन् । ३६ लाख बालबालिका कुपोषित छन् । सुडानमा विस्थापित भएकामध्ये करिब ५५ प्रतिशत १८ वर्षमुनिका र एक चौथाइ पाँच वर्षमुनिका बालबालिका रहेको आइओएमले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com