अमेरिका पठाउने सपना देखाएर ४ करोड ठगी , बैंक खातामा रकम जम्मा गर्न लगाएको प्रहरीको भनाई


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ४ करोड ३३ लाख ६८ हजार रुपैया ठगी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका ११ घर भई हाल काठमाडौँ महानगरपालिका ३२ पुरानो सिनामङगल टाउनप्लानिङ पेप्सीकोला बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो ।

उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा ४ करोड ३३ लाख ६८ हजार एक सय १२ रुपैया विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com