बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com