दक्षिण अफ्रिकाले नेपालविरुद्ध १८ ओभरमा बनायो ९९ रन
प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार
आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले नेपालविरुद्ध १८ ओभरमा ९९ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले १८ ओभरमा ९९ रन बनाएको हो । साउथ अफ्रिकाले पाँच विकेट गुमाइसकेकोे छ ।
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले क्वीन्टन डी ककलाई १० रनमा आउट गरे ।
यस्तै, नेपालका कुशल भुर्तेलले एडम मारक्रमलाई १५ रन र हेनरिक क्लासेनलाई ३ रनमा आउट गरेका हुन् ।
त्यसैगरी, दक्षिण अफ्रिकाले चौथौं विकेटको रुपमा रिजा हेन्डरिक्सलाई गुमाएको हो । उनी ४३ रन बनाएर आउट भएका हुन्। उनलाई नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् । दीपेन्द्रले नै नेपाललाई पाँचौं सफलता दिलाएका छन् । उनले डेभिड मिलरलाई ७ रनमा आउट गरेका हुन् ।
अेल वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा भइरहेको छ । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।