दक्षिण अफ्रिकाविरुद्ध नेपाल : १० ओभरमा ४८ रन


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले १० ओभरमा ४८ रन बनाएको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ रन बनाएका छन् भने अनिल शाहले ८ रन बनाएका छन् ।

यो अवधीमा नेपालले दुई विकेट गुमाइसकेको छ । तर्बेज शम्सीले नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको विकेट लिएका हुन् । कुशल २१ बलमा १३ रन बनाएर आउट भएका हुन् । यस्तै, नेपालका कप्तान रोहित कुमार पौडेल शुन्य रनमा आउट भएका छन् । उनको विकेट पनि तर्बेज शम्सीले लिएका हुन् ।

अ‍ेल वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा भइरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले नेपाललाई जीतको लागि ११६ रनको लक्ष्य दिएको छ ।

नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com