नेपालको चौथौं विकेट गुम्यो, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट
प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार
आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले चौथौं विकेट गुमाएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा ६ रन बनाएर आउट भएका हुन् । उनको दक्षिण अफ्रिकाका तर्बेज शम्सीले विकेट लिएका हुन् ।