अन्तिममा चुक्यो नेपाल, दक्षिण अफ्रिका १ रनले विजयी
प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार
आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले नेपाललाई एक रनले हराएको छ ।
अेल वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।
दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै नेपाल विश्वकपको यात्राबाट बाहिरिएको छ ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, अनिल साहले २७ रन, कुशल भुर्तेलले १३ रन बनाए ।
नेपालका अनिल शाह २७ रन, दीपेन्द्र सिंह ऐरी ६ रन, कुशल मल्लले एक रन, कप्तान रोहित कुमार पौडेल शुन्य रन बनाएका थिए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरक्सिले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, ट्रिस्टन स्टब्सले २७ रन, एडेन मार्क्रमले १५ रन, क्वीन्टन डी ककले १० रन बनाए । अन्य ब्याट्सम्यानहरु भने चल्न सकेनन् ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।