कांग्रेस नेतृ प्रियंका गान्धी पहिलोपटक चुनावी मैदानमा आउदै , राहुलद्धारा वायनाड सिट खाली गर्ने घोषणा


प्रकाशित मिति : असार ३, २०८१ सोमबार

भारतीय कांग्रेसका नेता राहुल गान्धीले वायनाड सिट खाली गर्ने तय भएको छ । यस सिटमा उहाकी बहिनी तथा कांग्रेस नेतृ प्रियंका गान्धीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

राहुल गान्धी केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव मा बिजयी बन्नुभएको थियो । नियमअनुसार उहाँले एउटा सिट छोड्नुपर्छ । त्यसैले उहाले रायबरेली सिट आफूसँग राख्ने निर्णय गर्नुभएको हो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने जानकारी दिनुभयो । राहुल गान्धीले वायनाड सिट छोडने र सो क्षेत्रमा प्रियन्का गान्धी चुनाव लड्ने जानकारी दिनुभयो ।

उहाँले अब वायनाड र रायबरेलीले दुई–दुई सांसद पाउने बताउनु भयो । सोमबार कांग्रेसका शीर्ष नेताहरूसँगको बैठकपछि प्रियंका गान्धीले वायनाडबाट उपचुनाव लड्ने निर्णय गरेको बताइएको छ ।

भारतीय जनप्रतिनिधित्व ऐन अनुसार राहुलले चुनावी नतिजा घोषणा भएको १४ दिनभित्र सिट खाली गर्ने घोषणा गर्नुपर्ने थियो ।

प्रियंका गान्धीले वायनाड सिटबाट चुनाव लड्ने घोषणा गर्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले भन्नुभयो , “कङ्ग्रेस पार्टीमा हामी सबैले मिलेर रायबरेली सिटबाट राहुल गान्धीलाई सांसद बनाउने निर्णय गरेकाछौं । उहाँ पनि वायनाडबाट चुनाव लडनु हुनेछ ।

कांग्रेस नेतृ प्रियंका गान्धीले वायनाडका जनतालाई राहुल गान्धीको अभाव हुन नदिने बताउनु भयो । प्रियंका गान्धीले भन्नुभयो , “म वायनाडको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी हुनेछु । म वायनाडका जनतालाई राहुल गान्धीको अभाव हुन दिनेछैन ।“

कांग्रेस पार्टीको यो निर्णयबारे बीबीसीसँग कुरा गर्दै वरिष्ठ पत्रकार हेमन्त अत्रीले भने, “कांग्रेसको यो निर्णयमा अप्रत्याशित केही छैन । यो चुनावमा सुरुदेखि नै रणनीतिको हिस्सा थियो ।“

उनी भन्छन्, “यदि प्रियंकाले चाहेको भए अमेठीबाट आफ्नो चुनावी राजनीति सुरु गर्न सक्थिन् तर कांग्रेस पार्टीले स्मृति इरानीलाई उचित जवाफ दिन चाहेकोले त्यसो भएन । त्यसैले केएल शर्मालाई अमेठी सिटमा चयन गरियो ।“

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com