संसद सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा भेटिए


प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु भएको छ । बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेको प्रहरीले बताएको छ ।

उनले आफैलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । गोली आफैलाई हानेर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com