८ देशका लागि राजदूत सिफारिस, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ भने भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । त्यसैगरी, सरकारले दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिनालाई सिफारिस गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com