११ महिनामा ४३७ नेपाली श्रम स्वीकृति लिएर अमेरिका उडे, जेठमा मात्रै २९ जना


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

नेपालीहरु रोजगारीको लागि विदेशीने क्रम रोकिएको छैन् । गत जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ जना नेपालीहरु श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशी मुलुकहरुमा पुगेका छन् ।

नेपालीहरुले वैदेशिक रोजगारीको लागि अमेरिकालाई पनि आकर्षक गन्तव्य बनाउन थालेका छन् । जेठ महिनामा २९ जना नेपालीहरु श्रम स्वीकृति लिएर अमेरिका उडेका छन् । वैदेशिक रोजगारी विभागका अनुसार २२ जना पुरुष र ७ जना महिला गरी जेठ महिनामा २९ नेपाली अमेरिका उडेका हुन् ।

गत वैशाख महिनामा ३१ जना नेपाली अमेरिका उडेका थिए । जसमा २६ पुरुष र ५ जना महिला थिए ।

चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा श्रम स्वीकृति लिएर कामदार भिसामा ४३७ जना नेपालीहरु अमेरिका उडेको विभागले जनाएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार पनि गतबर्षको जुनदेखि सन् २०२४ को अप्रिलसम्मको ११ महिनामा ७४८ जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको कामदार भिसा पाएका छन् । त्यो बाहेक उनीहरुका ३ सय ४ जना डिपेन्डेन्टहरुले पनि एच फोर श्रेणीको भिसा पाएका छन् ।

अप्रिलमा १०२ जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको कामदार भिसा पाएकोमा ६६ जना मुल भिसावाहक र ३६ जना उनीहरुका डिपेन्डेन्ट थिए । मार्चमा ५६ जना मुल भिसावाहक र २७ जना डिपेन्डेन्ट थिए भने फरबरीमा ४४ जना मुल भिसावाहक र २४ जना डिपेन्डेन्ट थिए ।

जनवरीमा ५३ जना मुल भिसावाहक र २९ जना डिपेन्डेन्ट, डिसेम्बरमा ९९ जना मुल भिसावाहक र २८ जना डिपेन्डेन्ट, नोभेम्बरमा १५० जना मुल भिसावाहक र १६ जना डिपेन्डेन्ट, अक्टोबरमा ९० जना मुल भिसावाहक २६ जना डिपेन्डेन्ट थिए ।

त्यस्तै सेप्टेम्बरमा ३२ जना मुल भिसावाहक र २४ जना डिपेन्डेन्ट, अगस्तमा ४५ जना मुल भिसावाहक र २६ जना डिपेन्डन्ट, जुलाईमा ३६ जना मुल भिसावाहक र ३४ जना डिपेन्डेन्ट, जुनमा ७७ जना मुल भिसावाहक ३४ जना डिपेन्डेन्ट नेपालीहरुले अमेरिकाको कामदार भिसा पाएका थिए ।

थप रिपोर्टिङ न्युयोर्कबाट ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com