बेलायतको सबैभन्दा धनी परिवारलाई स्वीस अदालतले किन सजाय दियो ?


प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई चार वर्षको जेल सजाय सुनाएको छ ।

उनीहरुलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै उक्त परिमाणको सजाय सुनाइएको हो ।

हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।

प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको छ ।

बृद्ध हिन्दुजा दाजुहरु प्रकाश हिन्दुजा र कमल हिन्दुजा आफ्नो उमेर र कमजोर स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अभियोजकले अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिएको छ ।

स्वीस मिडिया रिपोर्टका अनुसार सजाय पाएका अभियुक्त फरार हुन सक्छन् । हिन्दुजा परिवारमाथि नोकरको राहदानी जफत गर्ने र न्यूनतम पारिश्रमिकभन्दा कम रकम दिएको आरोप छ ।

गत हप्ता, हिन्दुजा परिवारले पीडित तीन नोकरहरूसँग अदालत बाहिर सम्झौता गरेको थियो । यो ठूलो रकम हुन सक्ने भए पनि यो सम्झौताका लागि कति रकम दिइएको थियो भन्ने अझै स्पष्ट छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com