अमेरिकाको अर्कान्सासमा गोली चल्यो ३ जनाको मृत्यु , २ प्रहरी सहित १० जना घाइते


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

अमेरिकाको अर्कान्सासको सुपरमार्केटमा शुक्रबार बन्दुकधारीले गोली चलाउँदा तीन नागरिकको मृत्यु भएको छ । दुई प्रहरी अधिकारीहरू सहित अन्य १० जना घाइते भएका छन् ।

प्रहरीसँगको गोली हानाहानमा संदिग्ध व्यक्ति पनि घाइते भएको त्यहाँको प्रहरीले बताएको छ ।

लिटिल रकबाट करिब ७० माइल अर्थात ११२ किलोमिटर दक्षिणमा रहेको सहर फोर्डिसमा रहेको म्याड बुचर किराना पसलमा गोली चलेको थियो ।

गोली हानाहानमा दुई कानून प्रवर्तन अधिकारीहरू पनि घाइते भएका छन । घटनामा सम्लग्नलाई पनि गोली हानेर हिरासतमा लिइएको छ ।

घाइते प्रहरी अधिकारी र संदिग्ध व्यक्तिको अबस्था गम्भीर नरहेकोे बताइएको छ । तर घाइते सर्बसाधारणको अबस्था भने गम्भीर रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com