तिब्बती धर्म गुरु दलाई लामा अमेरिका किन पुगे ? चीनको प्रतिकृया कस्तो आउला


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

तिब्बती धर्म गुरु दलाई लामा अमेरिका पुग्नु भएको छ । निर्वासित धर्म गुरु लामा घुँडाको उपचारका लागि अमेरिका गएको बताइएको छ ।

८८ वर्षीय लामाको सन २०१८ यताको यो पहिलो विदेश भ्रमण हो । उहाँ सन् २०१७ यता पहिलो पटक अमेरिका पुग्नु भएको बताइएको छ ।

सयौँ समर्थक र भक्तहरू उहाँको दर्शका लागि पुगेका थिए । लामा आइतबार न्यूयोर्कस्थित होटलमा पुग्नु भएको हो ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीलगायत एक अमेरिकी प्रतिनिधि मन्डलले लामासँग भारतमा भेटघाट गरेको केही दिनमै उहाँ अमेरिका पुग्नु भएको देखिएको छ ।

भेटमा अमेरिकी प्रतिनिधिहरूले लामालाई उहाँको उत्तराधिकारी चयनमा चीनलाई प्रभावित गर्न नदिने आश्वासन दिएका थिए ।

यस पटकको अमेरिका भ्रमणमा लामाले कुनै अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ या छैन केहि बनाइएको छैन ।

चीनले लामालाई भयानक पृथकतावादी नेताको रुपमा हेर्ने गरेको छ । दलाई लामाको पछिल्लो अमेरिका भ्रमणले चीनलाई थप सशंकित बनाउने निश्चित प्रायः छ ।

बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । दलाई लामालाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन ।

मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ । दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत गेलुक पहिलो टोपी सम्प्रदाय सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रूपमा श्रद्धा गरिन्छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com