जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै , २० बर्षमा दोव्बर


प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् ।

यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको छ ।
हालैका वर्षहरूमा अगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरुले बताएका छन् ।

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्य्यनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

तर समग्रमा, जङ्गलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढीरहेको छ । जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भएतापनि जलवायु परिवर्तन एक प्रमुख कारक भएको अध्ययनले देखाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com