चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु


प्रकाशित मिति : असार १२, २०८१ बुधबार

चिनियाँ अधिकारीहरूले जनताको तौल व्यवस्थापन वृद्धि गर्ने तीन वर्षे अभियान सुरु गर्ने बताएका छन ।

बुधबार एनएचसीको वेबसाइटमा प्रकाशित १६ चिनियाँ विभाग र सङ्गठनहरूद्वारा संयुक्तरूपमा जारी गरिएको दस्तावेजअनुसार यस वर्षदेखि चीनमा वजन व्यवस्थापनका लागि सहयोगी वातावरण बनाउन विभिन्न उपाय लिइनेछ ।

तौल व्यवस्थापनमा जनताको चेतना र प्रविधिमा उल्लेख्य सुधार भएको छ र आगामी तीन वर्षमा स्वस्थ जीवनशैलीलाई अझ व्यापकरूपमा अपनाइनेछ ।

यस अवधिमा केही समूहका मानिसको असामान्य तौलको अवस्थामा सुधार गर्न आवश्यक रहेको पनि दस्तावेजमा उल्लेख छ ।

दस्तावेजले रोजगारदाताहरूलाई आफ्ना कर्मचारीहरूको शारीरिक तन्दुरुस्तीका लागि पूर्वाधार र अन्य सुविधा प्रदान गर्न प्रोत्साहित गर्न प्रयास गर्न आग्रह गरेको छ ।

क्याम्पसमा बढी नुन, चिनी र बोसोयुक्त खानेकुराको बिक्री नगरी स्वस्थ क्यान्टिन र रेष्टुरेन्टको निर्माणलाई प्रवर्द्धन गर्नुपर्ने तथा विद्यार्थीको शारीरिक तन्दुरुस्ती सुधार गर्ने कार्ययोजना लगायतका उपायहरु ल्याइने दस्तावेजमा उल्लेख छ ।

तौलको स्तर मानिसहरूको स्वास्थ्यसँग नजिक रहेको मानिने र असामान्य तौल, विशेषगरी अधिक तौल र मोटोपना, हृदयरोग, मधुमेह र केही प्रकारको क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको लागि एक प्रमुख जोखिम कारक हो । यद्यपि दस्तावेजले कम तौल भएका र कुपोषण भएका व्यक्तिहरूलाई पनि तौल व्यवस्थापन प्रयासमा समावेश गरिनुपर्ने कुरा उल्लेख गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com