टि-२० विश्वकप क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका फाइनलमा


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा  पुगेको छ ।

ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com