दुबई जान बिमान चढेका गायक राईलाई प्रहरीले घर फर्कायो , कारण यस्ता छन


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

एयरलाइन्सका कर्मचारीसंग झगडा गरेपछि गायक राजेशपायल राईलाई बिमानबाट ओरालिएको छ । गायक राई सांंंगीतिक कार्यक्रममा भागलिन दुबई जान लाग्नु भएको थियो ।

त्रिभुवन बिमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत गायक राई बिहान दुबई जान लाग्नु भएको थियो । जहाज चढि सकेका राईलाई अत्याधिक मदिरा सेवन गरि कर्मचारीसंग झगडा गरेको आरोपमा बिमानबाट ओरालिएको हो ।

बिमानस्थल श्रोतका अनुसार गायक राईले अत्याधिक मदिरा सेवन गरेको पाइएको छ ।

राईले बिमानभित्र होहल्ला समेत गरेको र कर्मचारीसंग झगडा गरेको एयरलाइन्सले बताएको छ । बिमानबाट ओरालिएका गायक राईलाई प्रहरीले ट्याक्सीमा राखेर घरपठाई दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com