आइसिसी टी २० विश्वकपको फाइनलमा भारत पुग्यो , आइतबार उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

भारत आइसिसी टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । सन २००७ को उपाधि बिजेता भारत तेश्रो पटक फाइनलमा प्रबेश गरेको हो । भारतले अब उपाधिका लागि आइतबार पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीकाको सामना गर्नेछ ।

शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारतले फाइनलको यात्रा तय गरेको हो ।

१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डले टस जितेर क्षेत्र रक्षणको निर्णय गरेपछि भारतले व्याटिङको मौका पाएको थियो ।

कप्तान रोहित शर्माको अर्धशतकको मद्दतमा भारतले ७ विकेटको क्षतिमा १७१ रन बनायो । रोहितले ५७ र सुर्यकुमार यादवले ४७ रन बनाएका थिए । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए ।

१७२ रनको लक्ष्य पध्याएको इंग्ल्याण्ड १६ ओभर ४ वलमा १०३ रन मात्रै बनाएर अलआउट भएपछि भारत ६८ रनले बिजयी भएको हो । इंग्ल्याण्डलाई सस्तैमा समेटन भारतका लागि म्यान अफ द म्याच अक्षर पटेलले २३ रन खर्चिएर ३ विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com