पर्यटकीय क्षेत्र लुम्बिनी देखि जनकपुरसम्मको बैङ्ककमा चर्चा


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

बैङ्ककस्थित नेपाली राजदूतावासले पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गर्नुभयो ।

नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठास्थलहरूको अवलोकनमा जान आग्रह गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा , ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com