युक्रेनका राष्ट्रपति जेलेन्स्कीले किन शान्तीका लागि योजना बनाउदै छन


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताउनुभएको छ ।

युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन । जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक भनाइका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा आउँदा दुवै पक्ष सधैँ टाढा रहन्छन् ।

जेलेन्स्कीले युक्रेनको स्थितिका लागि समर्थन जुटाउनका लागि यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभयो । सम्मेलनमा रुसलाई आमन्त्रण गरिएको थिएन ।

स्विट्जरल्यान्डमा जेलेन्स्कीसँग दुई दिवसीय शिखर सम्मेलनमा ९० भन्दा धेरै देशले नेता तथा वरिष्ठ अधिकारीहरू पठाएका थिए ।
यीमध्ये अधिकांशले कुनै पनि सम्झौतामा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने आवश्यकतामा जोड दिइएको अन्तिम विज्ञप्तिमा सहमति व्यक्त गरेका थिए ।

तर सम्मेलनमा भाग लिने भारतजस्ता मुलुकहरू उक्त विज्ञप्तिमा सहमत भएका थिएनन र रुसको सहयोगी चीन जस्ता अन्यले मस्कोलाई आमन्त्रण नगरेको विरोधमा शिखर सम्मेलन बहिष्कार गरेका थिए ।

युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनुअघि रुसका सैनिकहरू अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट बाहिरिनुपर्ने बताएको छ ।

यसमा सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि सामेल छ । यसैबीच सन् २०२२ मा फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्ने पुटिनले युक्रेनसँग उसका पूर्व र दक्षिणमा अझ धेरै क्षेत्र खाली गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गर्दै हुनुहुन्छ ।
शुक्रबार एउटा अर्को सानो सीमावर्ती गाउँ कब्जा गरेको दाबी गर्दै रुसको सेना विस्तारै युद्धको मैदानमा अगाडि बढिरहेको छ । हालको अवस्थामा रुसले युक्रेनको करिब २० प्रतिशत भाग कब्जा गरेको छ ।

सन् २०२२ मा उनीहरूले थप चार क्षेत्रमा कब्जा गरेको दाबी गरेका छन् । यी क्षेत्रमध्ये कुनैमा पनि उनीहरूको पूर्ण नियन्त्रण छैन । युक्रेन आक्रमणकारी रुसी सेनाहरूलाई पछाडि धकेल्नका लागि पश्चिमी वित्तीय र सैन्य सहायतामा निर्भर छ तर दुई वर्षभन्दा लामो लडाइँपछि उसका सैनिक कमजोर र थकित छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com