विश्वकप फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । पावरप्लेमा ३ विकेट खसेपछि विराट कोहलीले ७६ र अक्षर पटेलले ४७ रन बनाए ।

यी दुईबीच ७२ रनको साझेदारी भयो । यसपछि विराट र शिवम दुबेबीच ५० रनको साझेदारी भयो । दुबेले १६ बलमा १७० को स्ट्राइक रेटमा २७ रनको इनिङ खेले।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले २ विकेट लिए । कागिसो रबाडा, मार्को जान्सन र एनरिके नोर्त्याले एक–एक विकेट लिए ।

यस प्रतियोगितामा भारत र दक्षिण अफ्रिका अपराजित रहेका छन् । प्रतियोगितामा अपराजित रहने टोलीले पहिलो पटक उपाधि उचाल्ने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com