विश्वकप फाइनल : दक्षिण अफ्रिकाले बनायो १० ओभरमा ३ विकेट गुमाएर ८१ रन


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १० ओभरमा ३ विकेट गुमाएर ८१ रन छ ।

दोस्रो ओभरमा जसप्रित बुमराहले रिजा हेन्ड्रिक्सलाई र तेस्रो ओभरमा अर्शदीपले एडेन मार्करामलाई आउट गरे। अक्षरले ट्रिस्टन स्टब्सलाई प्याभिलियन पठाए ।

बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा नै खसेका थिए । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com