फाइनलमा चम्किएका कोहली : फाइनलमा दुई अर्धशतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको भारतीय टोलीले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको टोलीले १६९ रन मात्रै बनाउन सक्यो ।

टी-२० विश्वकप २०२४ मा विराट कोहलीको ब्याट शान्त रह्यो । तर, जब टीम इण्डियालाई कोहलीको सबैभन्दा बढी आवश्यकता थियो, तब आक्रामक प्रस्तुत भए ।

उनको इनिङले एकपछि अर्को रेकर्ड बनायो । कोहलीले यो इनिङ्ससँगै गौतम गम्भीरलाई पनि पछाडि परेका छन् ।

कोहलीले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा ७६ रनको इनिङ खेलेका थिए । आफ्नो इनिङ्समा उनले ५९ बलको सामना गर्दै छ चौका र दुई चौका प्रहार गरे। कोहलीको यो इनिङ्स तब आयो जब टीम इन्डियाले २३ रनमा दुई विकेट गुमाएको थियो र भारत समस्यामा परेको थियो।

कोहलीले यो इनिङबाट पूर्व भारतीय ओपनरको कीर्तिमान तोडे । उनी टी–२० विश्वकपको फाइनलमा दुई अर्धशतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् । गौतम गम्भीरले सन् २००७ को टी–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । कोहलीले २०१४ र २०२४ को टी–२० विश्वकपको फाइनलमा अर्धशतक बनाएका थिए ।

कोहलीको यो इनिङ टी–२० विश्वकपको नकआउट खेलमा कुनै पनि भारतीय ब्याट्सम्यानले खेलेको तेस्रो ठूलो इनिङ हो। पहिलो दुई इनिङ्स पनि कोहलीको नाममा छन् । सन् २०१६ को विश्वकपको सेमिफाइनलमा कोहलीले वेस्ट इन्डिजविरुद्ध ८९ रन बनाएका थिए । सन् २०१४ मा श्रीलंकाविरुद्धको फाइनलमा उनले ७७ रनको इनिङ खेलेका थिए।

यो इनिङ्ससँगै कोहलीले श्रीलंकाका पूर्व कप्तान कुमार संगकाराको बराबरी गरेका छन् । टी–२० विश्वकपको फाइनलमा दुई–दुई अर्धशतक प्रहार गर्ने कीर्तिमान संगकारा र वेस्ट इन्डिजका मार्लोन स्यामुएल्सको नाममा छ । कोहलीले यो कीर्तिमान बराबरी गरेका छन् ।

संगकाराले सन् २००९ र २०१४ मा दुई–दुई अर्धशतक प्रहार गरेका थिए भने स्यामुएलले सन् २०१२ र २०१६ मा दुई–दुई अर्धशतक प्रहार गरेका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com