भारतलाई उपाधि दिलाएपछि टि ट्वान्टी आई क्रिकेटबाट कप्तान रोहित र पुर्व कप्तान बिराटले लिए सन्यास


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान बिराट कोहोलीले टी– ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन् ।

फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने यो मेरो अन्तिम खेल हो । जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो । मैले हरेक क्षण आनन्द पनि लिए । विदा लिने यो समय हो कप्तान रोहितले भनेका छन ।

रोहित फाइनलमा जम्न नसके पनि यसअघिका खेलमा उनले उत्कृष्ट व्याटिङ गर्दै टिमलाई उपाधि नजिक पुराएका थिए । यहि बिश्वकपमा अष्टेलिया बिरुद्धको खेलमा उनको व्याटिङ सम्झन लायक मध्ये एउटा उत्कृष्ट पारी हो । उनलाई विश्वकप जिताउने सफल कप्तानको रुपमा क्रिकेटप्रेमीहरुले याद गरिरहने छन ।

भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराट कोहोली प्लेयर अफ दि म्याच भए ।

सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए ।

छैटौं पटक टि ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ द म्याच बनेपछि भने ‘यो सन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ । यो मेरो अन्तिम टी–ट्वान्टी विश्वकप हो।

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी– ट्वान्टी विश्वकप जितेको थियो ।

यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com