बढ्दो तापक्रमले एसी फुटेर आगो लाग्न थाल्यो , सुरक्षित रहन यस्ता छन उपाय


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

उत्तर भारतमा चर्को गर्मीका कारण घरहरूमा जडान गरिएका एयर कन्डिसनर (एसी) फुटेको केही घटनाहरू बाहिर आएका छन ।

यस्ता दुर्घटनापछि एसीको सुरक्षित प्रयोग र दुर्घटना भएमा सुरक्षाका विषयमा छलफल समेत सुरु भएका छन ।

उत्तर प्रदेशको नोएडास्थित एक हाउसिङ सोसाइटीमा बिहीबार आगलागी हुनुको कारण घरमा जडान गरिएको एसी कम्प्रेसर फुट्नु भएको भारतीय अधिकारीहरूले बताएका छन ।

नोएडा फायर ब्रिगेडका अधिकारी प्रदीप कुमारले पत्रकारहरूलाई भन्नुभयो विगत केही दिनमा १० देखि १२ वटा एसी विस्फोट भएको रिपोर्ट आएको छ । एसी विस्फोट भएका यी घटनाहरू आवासीय र व्यापारीक टावरहरूमा भएका छन् ।

आखिर एसी फुट्ने यस्ता घटना किन सार्वजनिक भइरहेका छन् ? र तपाइँ तपाइँको एसी विस्फोट हुनबाट कसरी बचाउन सक्नुहुन्छ ? यी प्रश्नहरूको जवाफ खोज्नु आवश्यक छ । किनकी गर्मी बढ्दै जाँदा घरहरुमा समेत एसीको प्रयोग बढ्दो छ । बढ्दो प्रयोगले जोखिमलाई पनि बढाउने निश्चित प्राय नै छ ।
एसी को विष्फोट र बढ्दो तापक्रमकाबिच कुनै सम्वन्ध होला त ?

घर र कार्यालयमा जडान गरिएका एसी विस्फोट र बढ्दो तापक्रमबीचको सम्बन्ध रहेको पाइएको छ । भारतीय IIT BHU को मेकानिकल बिभागका प्रोफेसर जहर सरकारका अनुसार चिसोका लागि वरिपरीको तापक्रम ( कम्प्रेसरको वरिपरि ) कन्डेन्सरको तापक्रमभन्दा करिब १० डिग्री सेल्सियस कम हुनुपर्ने हुन्छ ।

उहाँले भारत लगाएतका देशमा सामान्यतया एसीको कन्डेन्सरको तापक्रम ५० डिग्री सेल्सियससम्म हुन्छ । वरिपरीको तापक्रम कन्डेन्सरको तापक्रमभन्दा बढी हुँदा एसीले काम गर्न छोड्छ ।

यस्तो अवस्थामा एसीले काम गर्न छोड्छ । कन्डेनसरमा दबाब बढ्छ र कन्डेनसर फुट्ने सम्भावना बढ्छ । उच्च तापक्रम बाहेक, एसी सम्बन्धित दुर्घटनाहरू निम्त्याउन सक्ने अन्य कारणहरू पनि रहेका छन ।

दुर्घटना निम्त्याउन सक्ने कारणहरू

ग्यास चुहावट : कन्डेन्सरबाट ग्यास लिक हुँदा एसीसँग सम्बन्धित दुर्घटना पनि हुनसक्ने विज्ञहरू बताउँछन् । कम ग्यासका कारण कन्डेन्सरमा बढी दबाब आउँछ । जसका कारण यो तातो हुन थाल्छ । यसले आगलागीको सम्भावना बढाउँछ ।

फोहोर कुण्डल : कन्डेन्सर कोइलले एसीलाई चिसो पार्नमा महत्वपुर्ण भूमिका खेल्छ । यसले हावाबाट गर्मी हटाउँछ । फोहोरका कारण कुण्डल जाम हुँदा ग्यासको सामान्य प्रवाहमा समस्या हुन्छ । जसका कारण कन्डेन्सर बढी तताउन थाल्छ । त्यही अनुसार आगलागीको जोखिम पनि बढ्न थाल्छ ।

भोल्टेज उतार–चढ़ाव : लगातार भोल्टेज उतार–चढ़ावले कम्प्रेसरको कार्यसम्पादनलाई पनि असर गर्छ । यसले पनि दुर्घटना निम्त्याउन सक्छ ।

सावधानी कसरी अपनाउन सकिन्छ त ?

अत्यधिक गर्मीको अवस्थामा एसी कम्प्रेसरलाई छायामा राख्नुपर्दछ । कम्प्रेसर र कन्डेन्सर युनिटको वरिपरि उचित भेन्टिलेसन हुनुपर्छ । अर्थात्, त्यहाँ हावा आउनु पर्छ । हावा आयो भने त्यसभित्रका इकाईहरु तात्न पाउदैनन ।

नियमित रूपमा एसी मर्मत सेवा लिनु पर्दछ । कुनै पनि समस्या समयमै समाधान गर्न सकिन्छ ।

एयर फिल्टर र कुलिङ कोइल नियमित रूपमा सफा गर्नुपर्दछ । यसले कम्प्रेसरमा धेरै दबाब दिन पाउदैन । यसले राम्रोसँग काम गर्न पाउने छ ।

समय समयमा कुलिङ फ्यान पनि जाँच गराउने बानिबसाल्नु पर्दछ । यदि हामीले यसो गरियो भने कुनै समस्या छ भने, यसलाई तुरुन्तै समाधान सकिन्छ । बिबिसी हिन्दीबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com