पाकिस्तान र इरानबाट १३ हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता


प्रकाशित मिति : असार १६, २०८१ आईतबार

इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो ।

अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ ।

हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ ।

केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् ।

धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुब्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागु गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com