राष्ट्रपति चुनावको दौडबाट पछि नहट्न वाइडेनलाई परिवारको आग्रह


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

अमेरिकाको आगामी राष्ट्रपति चुनावको दौडबाट पछि नहट्न जो वाइडेनको परिवारले आग्रह गरेको छ । पहिलो टेलिभिजन बहसका क्रममा प्रतिश्पर्धी डोनाल्ड ट्रम्प बिरुद्ध वाइडेनको प्रस्तुती कमजोर रहेको भन्दै आलोचना भइरहेको बेला वाइडेनलाई परिवारका सदस्यहरुले साथ दिएका छन ।

आफन्तहरुका साथमा आइतबार बिताउनु भएका वाइडेन संग परिवारका सदस्यहरुले ४ बर्ष पदमा रहेर गरेका कामको ९० मिनेटको बहसमा समेट्न सकिदैन भनेर साथ दिएको बताइएको छ ।

सर्भेक्षणहरुले वाइडेनको उमेर र स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन । वाइडेन ८१ र टम्प ७८ बर्षिय हुनु भएको छ ।

समाचार पोलहरुले पनि सर्भेक्षणमा सहभागि भएका डेमोक्रेटस् मतदाता मध्ये आधाले पुन दोहोरीन आवश्यक नरहेको बताएका छन ।
आधाले ठिकै छ भनेका छन । श्रीमती जील वाइडेनले भन्नुभएको छ , मेरो श्रीमानले अमेरिकाको लागि जे राम्रो लाग्छ त्यही गरिरहनु पर्दछ र गर्नु पर्नेछ भनेर आश्वस्त पार्न आग्रह गर्नुभएको छ ।

कतिपयले जो वाइडेनको तयारी कम मात्र होइन टम्पको तयारी अलि बढि देखिदा निराशा र असन्तुष्टि देखिन्छ भनेका छन । तर न्यु वर्क टाइम्सको सम्पादकीयमा भनिएको छ जो वाइडेनले प्रतिश्पर्धाबाट अलग्गिएको घोषणा गर्ने संभावना बढि छ । कतिपय डेमोक्रायट्हरु भने वाइडेनको कडा बचाउमा उत्रिएका छन ।

मेरिल्याण्डका कांग्रेसका जेमी रस्किनले अगस्टमा हुने डेमोक्रेटिक सम्मेलनमा राष्ट्रपति पदका उम्मेदवारको ताज पहिराइने क्रममा बिडेन उम्मेदवार नहुन सक्छन् भन्ने हाश्याश्पद रहेको बताउनु भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com